+
+

घुर्मी आइपुग्यो एमालेको मध्यपहाडी यात्रा

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २६ गते १४:२६

२६ मंसिर, विराटनगर । मध्यपहाडी लोकमार्ग केन्द्रित संकल्प यात्रामा रहेको नेकपा एमालेको टोली उदयपुरको घुर्मी आइपुगेको छ । घुर्मीमा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुलाई पार्टी कार्यकर्ता र स्थानीयले स्वागत गरे ।

अध्यक्ष ओलीसहितका नेताहरुलाई स्वागत गर्न उदयपुर, ओखलढुंगा, सोलुखुम्बु र खोटाङबाट कार्यकर्ता पुगेका थिए । घुर्मीबाट ओली ओखलढुंगाको हर्कपुरमा मंगलबार हुने सभामा सहभागी भएर खोटाङको हलेसी जाने कार्यक्रम छ ।

नेकपा एमालेको संकल्प यात्रालाई बिथोल्न कोशी नामकरणको विपक्षमा रहेका समूहले बन्दको आह्वान गरेको छ । एमालेको यात्रालाई रोक्न भन्दै निस्किएका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्व मन्त्री गोपाल किराती पनि छन् ।

कोशी प्रदेशका डीआईजी राजेशनाथ बास्तोलाले बाटो अवरोध गर्न खोज्ने गोपाल किरातीसहित १० जना आन्दोलनकारीलाई नियन्त्रणमा लिइएको बताए ।

कोशी  प्रदेशको पुननामाङ्कनको माग गर्दै संघर्षमा उत्रिएको प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले कोशी नामको पक्षधर एमालेका नेतालाई प्रदेशमा प्रवेश गर्न नदिने घोषणा गरेको थियो ।

सोही घोषणा अनुसार मंगलबार पहाडी जिल्लामा बन्द आह्वान गरेको हो । आन्दोलनकारीले एमालेको यात्रा रोक्नका लागि मध्यपहाडी लोकमार्गको ठाउँ–ठाउँमा अवरोध गर्न खोजका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?