+
+

पियोर इनर्जीले बाँकेमा निर्माण गरेको सौर्य विद्युत परीक्षण सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २६ गते १६:५९

काठमाडौं । पियोर इनर्जी लिमिटेडले बाँकेको रनियापुरमा निर्माण गरेको सौर्य विद्युत आयोजनाको परीक्षण सम्पन्न गरेको छ ।  बाँके, ब्लक-१ अन्तर्गत १० मेगावाटको उक्त सौर्य विद्युत आयोजनाको परीक्षण सफलतापूर्वक सम्पन्न भएको कम्पनीले जनाएको छ ।

ब्लक-२ आयोजनाबाट गत वैशाख १८ गतेदेखि नै व्यावसायिक उत्पादन सुरु भइसकेको छ । ब्लक-१ आयोजना सञ्चालनसँगै निजी लगानीबाट निर्माण तथा सञ्चालन हुने नेपालकै ठूलो पावरप्लान्टको रुपमा स्थापना भएको कम्पनीले बताएको छ ।

यो आयोजनाबाट उत्पादित ऊर्जा राष्ट्रिय ग्रिडमा जोडिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?