 
																			२७ मंसिर, पोखरा । पोखरामा बेपत्ता एक युवकको खोजीका लागि बिहीबार सेती नदीको बाँध खोलिने भएको छ ।
तनहुँ घर भई हाल पोखरा लामाचौर बस्दै आएका १९ वर्षीय संगम मिश्र २५ गतेदेखि सम्पर्कविहीन छन् ।
उनी बिरामी भएपछि उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको र त्यहींबाट सम्पर्कविहीन भएको प्रहरीको भनाइ छ । मिश्रसँगै आएका उनका बुवा औषधि लिन गएको बेला इमर्जेन्सी वार्डबाटै उनी सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।
खोजतलास गर्दा मणिपाल नजिकैको सेती नदीमाथि रहेको झोलुंगे पुल परिसरमा उनले लगाएको कपडा र परिचय पत्र भेटिएकाले नदीको बाँध खोल्न लागिएको जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।
मिश्रको खोजी गर्न पोखरा–१६, दीपमा बनेको ड्याम खोल्न लागिएको प्रहरीले जनाएको छ । ड्याम बिहीबार १२ बजेदेखि ४ बजेसम्म खोलिने प्रहरीको सूचनामा उल्लेख छ ।
‘उक्त समयमा सेती नदीमा पानीको बहाव बढ्न सक्ने हुँदा उक्त समयमा नदी वरिपरि काम गर्ने तथा आवतजावत गर्ने मानिसहरु चनाखो भई कार्य गर्नु हुन’ सूचनामा भनिएको छ, ‘नदीको किनारमा नआउनु हुन र सुरक्षा सतर्कता अपनाउनु हुन सबैको लागि यो सूचना प्रकाशन गरिएको छ ।’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4