
१ पुस, काठमाडौं । प्राइम कमर्सियल बैंकको ४९ हजार ७१७ कित्ता संस्थापक सेयर बिक्रीमा आएको छ । कम्पनीको संस्थापक सेयरको न्यूनतम मूल्य १२० रुपैयाँ तोकिएको छ । हाल प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्टको नाममा रहेको सो संस्थापक सेयर लिलामी बिक्रीमा आएको हो ।
हालका संस्थापक तथा अन्य व्यक्ति वा संघसंस्थाले पनि गोप्य शिलबन्दी बोलपत्र आवेदन दिन सक्ने छन् । पुस ६ गतेसम्म बिक्री प्रवन्धक एनआईसी एसिया क्यापिटलको कार्यालय थापाथलीमा आवेदन दिन सकिने छ । एक सार्वजनिक सूचना जारी गर्दै क्यापिटलले न्यूनतम १० हजार कित्ताका लागि आवेदन दिनुपर्ने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4