+
+

पछिल्लो सप्ताहन्त रिलिज भएका दुई नेपाली फिल्मको व्यापार कस्तो छ ?

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १ गते १३:१५

काठमाडौं । पछिल्लो सप्ताहन्त प्रदर्शनमा आएका तीन फिल्मले नेपाली बक्स अफिसमा निराशाजनक प्रदर्शन गरेका छन् । आइतबार अपरान्हसम्म बलिउड फिल्म ‘एनिमल’को देशव्यापी अकुपेन्सी ७ प्रतिशत हाराहारीमा छ, जसले रणवीर कपुर स्टारर फिल्मको अकुपेन्सीमा गिरावट आएको पुष्टि गर्छ ।

दुई सप्ताहन्तसम्म नेपाली बक्स अफिसमा १० करोडभन्दा बढी ग्रस कलेक्सन गरेको यो फिल्मको गति यही विकडेजमा टुंगिने अपेक्षा छ । किनभने बिहीबारदेखि शाहरुख खानको ‘डंकी’ र शुक्रबारदेखि ‘सलार’ रिलिज हुनेछन् । हल सञ्चालकले सोमबार वा मंगलबारदेखि ‘डंकी’को एड्भान्स टिकट बिक्री खुला गर्ने तयारी गरेका छन् ।

यो शुक्रबार रिलिज भएका नेपाली फिल्महरु ‘दुई कदम’ र ‘जम्प’ तथा हिन्दी फिल्म ‘हाइ पापा’को सप्ताहन्त व्यापारसमेत निराशाजनक छ । आइतबार मध्यान्हसम्मको अकुपेन्सी हेर्दा यी फिल्मको अकुपेन्सी खराब देखिन्छ । ५ प्रतिशत अकुपेन्सी पनि यी फिल्मले जुटाउन सकेको देखिएको छैन ।

शुक्रबार र शनिबार नै अपेक्षाकृत दर्शक नआउँदा विकडेज चुनौतीपूर्ण हुने निश्चित छ । प्रचारप्रसारमा यी दुई फिल्मले राम्रै खर्च गरेका थिए । वर्षा सिवाकोटीजस्ता चलेका कलाकारलाई लिएर गीत समेत तयार गरिएको थियो । योभन्दा खराब स्थिति ‘जम्प’को देखिएको छ ।

व्यावसायिक कोणबाट अबको नजर आउने बिहीबार र शुक्रबारतिर लक्षित छ । उक्त दिनमा डंकी र सलार प्रदर्शन हुँदैछन् । किनभने पछिल्लो दुई सप्ताहन्त एनिमलको नाममा रह्यो । समग्रमा नेपाली फिल्मका लागि मंसिर महिनाको अन्त्य सुखद हुन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?