
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले सञ्चालन गरेको मेगा बम्पर उपहार योजनामा साउदी अरबबाट रेमिटान्स पठाउने राजु तामाङ विजेता बनेका छन् । विजेता बनसँगै उनले ५ लाख ३० हजार ७५० रुपैयाँ जितेका छन् ।
उनले साउदी अरबबाट ५३ हजार ७५ रुपैयाँ रेमिट्यान्स पठाएका थिए । उनले पठाएको १० गुणा बराबर उक्त रकम हात पारेका हुन् ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘विदेशबाट सिटी पठाऔं, पठाको भन्दा १० गुणा बढी पाऔं’ योजना सञ्चालन गरेको थियो ।
हास्य कलाकार साथै सिटी एक्सप्रेसका ब्राण्ड एम्बासडर जितु नेपाल र कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डनको उपस्थितिमा विद्युतीय प्रणालीमार्फत विजेता छनोट गर्दा तामाङ विजेता बनेका हुन् ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत १५ असोजदेखि १५ मंसिरसम्म दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै उक्त योजना सञ्चालन गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4