+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

प्रहरी अस्पताल बेलबारीमै फिर्ता ल्याउन प्रधानमन्त्रीलाई ज्ञापन

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १ गते २०:०७

१ पुस, विराटनगर । मोरङको बेलबारीमा स्थापना भएको प्रदेश प्रहरी अस्पताल इनरुवा सारेपछि राजनीतिक दलका अगुवाले बेलबारीमै फिर्ता ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहालसँग हारगुहार गरेका छन् ।

आइतबार मन्त्रीसहित प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेको टोलीले प्रदेश प्रहरी अस्पताल बेलबारीमै सार्नका लागि माग गरेका छन् ।

संघीय सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूसहित पुगेको टोलीले प्रधानमन्त्री प्रचण्डसँग प्रहरीले जानकारी नदिइ अस्पताल सुटुक्क बेलबारीबाट सुनसरी सदरमुकाम इनरुवा सारेको गुनासो गरेको छ ।

‘हामीले प्रधानमन्त्री समक्ष भेटेर कुरा राखेका छौं, उहाँले म सकारात्मक छु भन्नु भएको छ,’ भेटमा सहभागि कोशी प्रदेश सांसद गीता तिम्सिनाले भनिन्,’ हामी फेरि भेट्छौं ।’

राष्ट्रियसभा सदस्य बिना पोखरेल, कोशी प्रदेश सांसद ज्ञानेन्द्र सुवेदी, मानबहादुर लिम्बू, गीता तिम्सिना,बेलबारीका मेयर दीलप्रसाद राई, उपमेयर नितु कोइरालालगायतको टोली प्रधानमन्त्रीलाई भेट्न पुगेको थियो ।

गत वर्ष ११ फागुन २०७९ मा बेलबारीमा नेपाल प्रहरीका तत्कालीन प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले प्रादेशिक प्रहरी अस्पतालको शुभारम्भ गरेका थिए । एक वर्ष नपुग्दै २६ मंसिरमा बेलबारीबाट प्रहरी अस्पताल इनरुवा सारिएको थियो ।

बेलबारीमा भवन अभाव भएका कारण इनरुवा सारिएको नेपाल प्रहरी कोशी प्रदेशका डीआईजी राजेशनाथ बास्तोलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?