+

आर्सनल शीर्ष स्थानमा

२०८० पुष  २ गते ८:४६ २०८० पुष २ गते ८:४६
आर्सनल शीर्ष स्थानमा

२ पुस, काठमाडौं । ब्राइटनलाई २-० ले पराजित गर्दै आर्सनल शीर्ष स्थानमा उक्लिएको छ ।

घरेलु मैदान एमिरेट्स स्टेडियममा आइतबार भएको खेलमा आर्सनलका लागि गाब्रिएल जेससले ५३औं र काइ हाभार्टले ८७औं मिनेटमा गोल गरे ।

जितपछि आर्सनल १७ खेलबाट ३९ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ ।

आइतबारै राति भएको खेलमा लिभरपुल र म्यानचेष्टर युनाइटेडले गोलरहित बराबरी खेल्दा आर्सनललाई फाइदा पुग्यो ।

युनाइटेडका डिएगो डालोटले इन्जुरी टाइममा रातो कार्ड सामना गर्दै मैदान छाडेका थिए ।

आर्सनलले लिभरपुलमाथि १ अंकको अग्रता समेत बनाएको छ । समान खेलबाट लिभरपुल ३८ अंकसहित दोस्रो स्थानमा छ ।

ब्राइटन १७ खेलबाट २६ अंकका साथ नवौँ स्थानमा छ ।

यस्तै लिगकै अन्य खेलमा एस्टन भिल्लाले ब्रेन्टफोर्डलाई २-१ ले तथा वेष्टहमले वल्भ्सलाई ३-० ले पराजित गरेको छ ।

जितपछि एस्टन भिल्लाले लिभरपुल समान ३८ अंक नै जोडेको छ । तर गोलअन्तरमा पछि रहँदै तेस्रो स्थानमै छ ।

 

आर्सनल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय