+
+

नेपाल ल्युब आयलले ३० प्रतिशत लाभांश दिने

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २ गते १०:२६

२ पुस, काठमाडौं । नेपाल ल्युब आयल कम्पनीले सेयरधनीलाई कुल ३० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश र २५ प्रतिशत सेयर बोनस गरी कुल ३० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

बजारमा सूचीकृत रहे पनि यो कम्पनीको सेयर कारोबार भने नगन्य मात्रामा हुने गरेको छ । विगत ६ महिनामा जम्मा ४ दिन मात्रै थोरै इकाइमा कम्पनीको सेयर कारोबार भएको छ ।

त्यस्तै कम्पनीले वार्षिक साधारणसभा पनि आह्वान गरेको छ । पुस २५ गतेका लागि कम्पनीले साधारणसभा बोलाएको छ । त्यस्तै पुस १० गते बुक क्लोजको मिति तय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?