+
+

नेपालमा पहिलोपटक बसोबास रियल इस्टेट मेला हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ३ गते १७:००

३ पुस, काठमाडौं । बसोबास नेपालले घरजग्गा कारोबारमा ग्राहकको सहज पहुँच पुर्याउने उद्देश्यले नेपालमै पहिलोपटक ‘बसोबास प्रपर्टी इभेन्ट’ नामक रियल इस्टेट  मेला आयोजना गर्ने भएको छ । यो मेला पौष ७ गते कुपण्डोलस्थित होटेल हिमालयमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म चल्नेछ ।

समग्र घरजग्गा बजारको प्रतिनिधित्व गर्ने गरी आयोजना हुन लागेको मेलामा नेपालका टप डेभलपरहरूको सहभागिता रहनेछ । यस मेलाले घरजग्गा कारोबारमा छाइरहेको मन्दीलाई उकास्ने अपेक्षा गरिएको छ ।

मेलामार्फत घरजग्गा खरिदकर्ता र ग्राहक दुवै पक्षलाई सहजता प्रदान गर्नुका साथै घरजग्गाको बजार अवस्था र ट्रेन्डबारे जानकारी गराउने कम्पनीले जनाएको छ । मेलामा बैंकिङ सुविधाहरूबारे विशेष परामर्श पनि गराइने छ ।

‘बसोबास प्रपर्टी इभेन्ट’ले बजारमा व्यवसायी तथा सेवाग्राहीले झेल्नुपरेको बेथितिलाई समेत कम गर्न मद्दत गर्ने र घरजग्गा कारोबारमा छाइरहेको मन्दीलाई उकास्ने बसोबास नेपालका कार्यकारी अधिकृत राजन अधिकारीले बताए ।

उनले घरजग्गा कारोबारमा संलग्न क्रेतारबिक्रेता, एजेन्ट तथा एजेन्सी सबैमा आशाको किरण छर्ने बताए ।

‘बसोबास प्रपर्टी इभेन्ट’मा सहभागीहरूले बजारमा सहजै उपलब्ध नहुने किसिमका ‘अफ मार्केट प्रपर्टी’, बसोबासमा लिस्टिङ भएका घरजग्गा र नयाँ प्लटिङहरू, व्यवसायिक भवन, नेपालका टप डेभलपरहरूले निर्माण गरेका अत्याधुनिक सुविधासम्पन्न हाउजिङ, कोलोनी तथा अपार्टमेन्टहरू गरी २५ भन्दा बढी प्रोजेक्टका २ सय भन्दा बढी प्रपर्टीहरूमा छुट बुकिङ गर्न पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?