
काठमाडौं । कुमारी बैंक लिमिटेडले नागरिक बचत खाताका ग्राहकलाई लक्षित गरी क्रिसमस, यःमरी पुन्ही र तमु ल्होसार पर्वको अवसरमा फेस्टिभ अफर सार्वजनिक गरेको छ ।
नागरिक बचत खाताका ग्राहकहरूको सेवा–सुविधालाई मध्यनजर गर्दै चाडपर्व लक्षित आर्कषक छुट अफर सार्वजनिक गरिएको बैंकले जनाएको छ ।
८ पुसदेखि २० पुससम्म नयाँ खोलिने खातामा पहिलो एक वर्षसम्म डेबिट कार्ड, मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ सुविधाहरु निःशुल्क प्रदान गरिने र सो खातामा न्यूनतम रकम एक हजार रुपैयाँ हुनुपर्ने बैंकले जनाएको छ ।
बैंकका अनुसार ती सुविधाहरु नागरिक बचत खातामा मात्र लागु हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4