+

मसाज थेरापी कति लाभदायक ?

२०८० पुष  ३ गते १९:५० २०८० पुष ३ गते १९:५०
मसाज थेरापी कति लाभदायक ?

परापूर्व कालदेखि अभ्यास हुँदै आएको थेरापी हो-मालिस अर्थात मसाज ।

मालिसले शरीर र मनको उर्जाबीच सन्तुलन कायम राख्ने बताइएको छ । यसले शरीरको तापमान नियन्त्रित राख्छ र रक्तप्रवाह बढाउँछ । स्वस्थ शरीर, दीर्घ जीवन, मानसिक उर्जा र सम्पूर्ण सौन्दर्यका लागि मसाज उपयोगी हुन्छ ।

हामीकहाँ सुत्केरी अवस्थामा मसाज गर्ने परम्परा छ । टर्कीमा मान्छेहरु नुहाउनुअघि मसाज गराउँथे भने अफ्रिकामा विवाहको एक महिना अघि वर–बधूले दैनिक मसाज गराउने प्रथा छ ।

युनानी साहित्य, मूर्ति, चित्रहरुमा मसाजको महिमा प्रस्ट झल्कन्छ । ‘मसाज’ अरबी शब्द ‘मास’बाट आएको हो, जसको अर्थ मांसपेशीलाई हातले दबाउनु भन्ने बुझिन्छ । अहिले स्वीडिश मसाज, अरोमा थेरापी मसाज, हट स्टोन मसाज, थाई मसाज, केराली मसाज प्रचलनमा छ ।

‘विगतमा घर घरमा मसाज गर्ने चलन थियो’ लालबहादुर सुनुवार भन्छन्, ‘खासगरी बच्चा, बुढापाका, सुत्केरी, बिरामीलाई तेल लगाएर मसाज गरिन्थ्यो । अहिले त्यो परम्परा हरायो ।’ उनी नयाँ बानेश्वरस्थित होलस्टिक अस्ताल तथा रिसर्च सेन्टरका संचालक हुन् । सुनुवार भन्छन्, ‘यो एकदमै लाभदायक भएकाले हाम्रा पूर्खाहरुले उपचार पद्धतीकै रुपमा अपनाउँदै आएका हुन् ।’

‘यो हरेक चिकित्सा विज्ञानमा गरिने संयुक्त उपचार हो’

अकुपञ्चरिष्ट सुदर्शन बस्नेत

मसाज भनेको ‘फस्र्ट लाइन ट्रिटमेन्ट’ हो । मान्छेलाई जुनसुकै स्वास्थ्य समस्या पर्नसाथ दिइने पहिलो उपचार यही नै हो । उदाहरणका लागि, शिशु जन्मनसाथ हामी समाज गर्छौं । बुढापाकालाई हठात् कुनै रोगब्याधिले सतायो भने सुरुमा हामी मसाज गरिदिन्छौं ।

यो हरेक चिकित्सा विज्ञानमा प्रयोग गरिने एकमात्र संयुक्त उपचार हो । एलोप्याथी, प्राकृतिक, आयुर्वेद, अकुपञ्चर सबैमा यो विधि अपनाइन्छ । यद्यपि फरक विधामा मसाज गर्ने तरिका पनि फरक छ । जस्तो आयुर्वेद र प्राकृतिक चिकित्सामा तेलको प्रयोग गरिन्छ भने अकुपञ्चरमा तेल बिना मसाज गरिन्छ ।

सामान्य शब्दमा भन्नुपर्दा शरीरमा घर्षण दिएर गरिने उपचार हो यो । हत्केला, बुढी औंला, कुइनाको प्रयोगले घर्षण वा थिचेर उपचार गरिन्छ ।

मसाज शरीरको प्रत्येक तन्तुलाई व्यायाम गर्ने एक प्रविधि हो । हामीले वाह्य रुपमा व्यायाम, दौड, योग गरिरहेका हुन्छौं । तर, ती व्यायामले भित्री तन्तुसम्मलाई प्रभाव नपार्न सक्छ । त्यसैले भित्री कोशिकाहरुका लागि मासज गर्नु एकदम जरुरी छ ।

तर, जथाभावी मासज गराउँदा त्यसरी लाभ मिल्दैन । त्यसैले दक्ष, प्रशिक्षित थेरापिस्टबाट मात्र मसाज गराउनुपर्छ । गलत मान्छेको हातबाट मासज गराइयो भने मांशपेसी च्यातिने, जोर्नीमा समस्या हुने जोखिम हुन्छ ।

कहिले गर्ने ?

संभव भएसम्म हप्तामा एक पटक पूर्ण शरीरको मसाज गर्नु उपयुक्त हुन्छ । नभए पन्ध्र दिन वा महिनामा पनि गराउन सकिन्छ । यसले शरीर शुद्धिकरण गर्छ । मांशपेसीलाई बलियो र लचकदार बनाउँछ । रक्तसंचार सहज बनाउँछ ।

शहरमा मसाज थेरापी

शहरमा त्यस्ता थुप्रै ठाउँ छन्, जहाँ प्रशिक्षत थेरापिस्टबाट मसाज गराउन सकिन्छ । स्पा सेन्टर, प्राकृतिक अस्तालदेखि स्तरिय होटल, रिसोर्टसम्म मसाजको सुविधा उपलब्ध छन् । यी मसाज सेन्टरमा आयुर्वेदिकलगायत थुप्रै किसिमको मसाज सेवा दिइन्छ ।

प्राकृतिक अस्पताल, स्पा सेन्टर आदिमा फुलबडी मसाज अर्थात टाउकोदेखि खुट्टासम्मको मसाज गराउनका लागि छुटाछुटै प्याकेज उपलब्ध छन् । अधिकांशमा ६० मिनेट वा ९० मिनेटसम्मको फुलबडी मसाज गराउन सकिन्छ ।

शहरमा मसाज थेरापी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय