+
+

बागमतीका १० अस्पताल स्तरोन्नति गर्ने मन्त्रिपरिषदको निर्णय, १६६९ कर्मचारीको संगठन संरचना स्वीकृत

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ४ गते ८:१८
फाइल तस्वीर ।

४ पुस, काठमाडौं । बागमती प्रदेश सरकारले १० अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको छ । साथै स्वास्थ्य मन्त्रालयको प्राविधिकसहित १ हजार ६६९ जना कर्मचारीहरुको संगठन संरचना स्वीकृत पनि गरेको छ ।

मुख्यमन्त्री शालिकराम जम्मकट्टेलका अनुसार पुस ३ गते बसेको मन्त्रिपरिषद बैठकले हेटौंडा अस्पताल मकवानपुर र भक्तपुर अस्पताल भक्तपुरलाई ३०० बेडमा स्तरोन्नति गर्ने निर्णय गरेको छ ।

यसैगरी धादिङ अस्पताल धादिङबेसी, त्रिशूली अस्पताल नुवाकोट, सिन्धुली अस्पताल सिन्धुली र बकुलहर अस्पताल चितवन १०० बेडमा स्तरोन्नती हुने छन् ।

सिन्धुपाल्चोक अस्पताल, रामेछाप अस्पताल, दोलखाको पशुपति चौलागाईं अस्पताल र काभ्रेको मेथिनकोट अस्पताल ५०/५० बेडमा स्तरोन्नती हुने छन् ।

प्रदेश स्वास्थ्य मन्त्रालयको १ हजार ६६९ जना (प्राविधिक सहित) कर्मचारीहरूको संगठन संरचना स्विकृत गर्दै हाल सञ्चालनमा रहेका १० प्रदेश अस्पतालहरूको स्तरोन्ती गर्ने निर्णय गरेको मुख्यमन्त्री जमकट्टेलले जानकारी दिए ।

बागमती प्रदेश सरकार मन्त्रिपरिषद्को पुस ३ गतेकै बैठकले मकवानपुर बहुमुखी क्याम्पस हेटौंडालाई बागमती प्रदेश सार्वजनिक विश्वविद्यालय बनाउने निर्णयसमेत गरेको मुख्यमन्त्री जमकट्टेलले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?