+
+

बाजुराको जगन्नाथमा १० शय्याको अस्पताल सञ्चालनमा, जनशक्ति अभाव

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ३० गते १३:१५

३० चैत, बाजुरा । बाजुराको जगन्नाथ गाउँपालिकामा १० शय्याको अस्पताल सञ्चालनमा आएको छ । एक स्थानीय तह एक अस्पताल अन्तर्गत अस्पताल बनेको गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीले बताए ।

बाजुराका ९ वटा स्थानीय तहमध्ये जगन्नाथ गाउँपालिकाले पहिले अस्पताल निर्माण गरी सञ्चालनमा ल्याएको छ । अस्पताल सञ्चालनमा ल्याइए पनि जनशक्ति र उपकरणको अभाव रहेको गाउँपालिका अध्यक्ष शाहीले बताए ।

चिकित्सक नभएका कारण अस्पताल हेल्थ असिस्टेन्ट र स्टाफ नर्सले चलाइरहेका छन् । १० शय्या अस्पतालमा २ जना एमबीबीएस चिकित्सकसहित २२ जना कर्मचारी रहने व्यवस्था छ ।

गाउँपालिकाले कोरोना महामारीका बेला कोरोना विशेष अस्पताल सञ्चालन गरेको थियो । त्यो बेला स्थानीय तहले केही स्वास्थ्यकर्मी करारमा राखेको थियो । अहिले उनीहरूलाई नै पुनः करारमा काम लगाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन्द्रबहादुर शाहीले बताए ।

अस्पताल ११ करोड ७८ लाख ४५ हजार रुपैयाँ लागतमा निर्माण भएको हो । २०७८ जेठ १ देखि खड्कापूर्णा जेबी निर्माण सेवा सुर्खेतले निर्माण कार्यको सम्झौता गरेर काम सुरू गरेको थियो ।

अस्पताल सञ्चालनमा आएसँगै जगन्नाथ गाउँपालिकाका साथै स्वामीकार्तिक खापर गाउँपालिका र आसपासका बासिन्दाका लागि पनि सहज भएको छ । यसअघि सामान्य बिरामी हुँदा पनि मार्तडी जानुपर्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?