हालसम्म १० वटा हाइड्रोपावर कम्पनीहरुले सेयरधनीलाई लाभांश घोषणा गरेका छन् । जसमध्ये ५ कम्पनीले नगद लाभांश मात्रै घोषणा गरेका छन् भने ४ वटाले बोनस सेयर मात्रै र एउटा कम्पनीले नगद र बोनस सेयर दुवै दिने भएको छ । धेरै हाइड्रोपावर कम्पनीले भने यस पटक लाभांश नदिने भएका छन् । आयाोजना निर्माणकै क्रममा रहेका कम्पनीहरूले पनि लाभांश दिने छैनन् ।
बरुण हाइड्रोपावर, हिमालयन हाइड्रोपावर, सगरमाथा जलविद्युत् कम्पनी, सानिमा मिडिल तमोर, त्रिशूली जलविद्युत् कम्पनी, श्वेतगंगा, इङवा हाइड्रोपावर, मकर जितुमाया सुरी, सयपत्रि हाइड्रोपावर, मध्यभोटेकोशी, रावा इनर्जी, आँखुखोला जलविद्युत् कम्पनी, सान्जेन जलविद्युत्, नेसनल हाइड्रोपावर तथा खानीखोला हाइड्रोपावर कम्पनीले लाभांश दिने छैनन् । यीमध्ये केही कम्पनीका आयोजनाहरु निर्माणकै क्रममा छन् ।
लाभांश घोषणा गरेका हाइड्रोपावर कम्पनीको सूची :
| कम्पनी | बोनस सेयर | नगद लाभांश | 
| सानिमा माई | १० | ०.५२ (कर) | 
| माण्डु | १० | |
| नेपाल हाइड्रो डेभलपर | ७ | ०.३७ (कर) | 
| सेन्चुरी इनर्जी | १० | |
| चिलिमे | १० | ५ | 
| भगवती | १०.५२ | |
| मन्दाकिनी | ४.७५ | ०.२५ | 
| बुटवल पावर | ५ | |
| रुरु | १०.५२ | |
| विन्ध्यबासिनी | ५.२६ | 
अहिले कुन कुन कम्पनीको सेयर किन्दा पाइन्छ लाभांश ?
यीमध्ये नेपाल हाइड्रो डेभलपर, मान्डु हाइड्रोपावर र सानिमा माइ हाइड्रोपावरको अब सेयर खरिद गर्नेले यो वर्षका लागि लाभांश पाउने छैनन् । यी तीनै कम्पनीको बुक क्लोज भइसकेको छ ।
त्यस्तै आज बुधबारसम्म सेयर खरिद गर्नेहरु भगवती हाइड्रोपावरको लाभांशका लागि योग्य हुने छन् । सो कम्पनीको बिहीबार बुक क्लोज हुनेछ ।
रुरु र विन्ध्यबासिनीको पुस १७ गते, बुटवल पावरको पुस १९ गते, मन्दाकिनीको २० गते, चिलिमकोे आगामी आइतबार बुक क्लोज हुँदैछ । बुक क्लोजको अघिल्लो दिनसम्म कायम सेयरधनी लाभांशका लागि योग्य हुनेछन् ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4