+
+

पाकिस्तानमा गोली हानी ६ मजदुरको हत्या

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ६ गते १४:०३
फाइल तस्वीर

६ पुस, काठमाडौं । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा अज्ञात आक्रमणकारीले गोली हानेर ६ जना मजदुरको हत्या गरेको छ ।

समाचार एजेन्सी पीटीआईले पाकिस्तानी प्रहरीलाई उद्धृत गर्दै जनाए अनुसार मृत्यु हुने मजदुरहरु दक्षिण वजिरिस्तान जिल्लामा एउटा प्रहरी चौकी भवन निर्माण कार्यमा संलग्न थिए ।

गत हप्ता मात्रै खैबर पख्तुनख्वा प्रान्तको सेनाको कम्प्लेक्समा भएको आक्रमणमा कम्तीमा २३ जनाको मृत्यु भएको थियो । उक्त हमलाको जिम्मा पाकिस्तानी तालिबानसँग सम्बन्धित संगठनले लिएको थियो ।

अफगान शरणार्थीलाई लिएर अहिले पाकिस्तान र अफगानिस्तानको तालिबान सरकारबीचको सम्बन्ध बिग्रँदै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?