+
+

राष्ट्रपति पौडेलसँग श्रीलंकाका विदेशमन्त्रीको भेट

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ६ गते १४:४९

६ पुस, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग श्रीलंकाका परराष्ट्रमन्त्री मोहम्मद उभियास मोहम्मद अली साब्रीले आज राष्ट्रपति भवनमा शिष्टाचार भेट गरेका छन् ।

त्यसअवसरमा उनीहरुबीच नेपाल र लोकतान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

यसअघि श्रीलंकाका पूर्व अर्थमन्त्रीसमेत रहेका साब्रीले समकक्षी एनपी साउदलगायतसँग शिष्टाचार भेट गरिसकेका छन् ।

उनी भोलि शनिबार स्वदेश फर्किने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?