+
+

एनएसएलमा धनगढीसँग पोखराको बराबरी (तस्वीरहरू)

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ६ गते १६:५०

६ पुस, काठमाडौं । पोखरा एफसीसँग इन्जुरी समयमा गोल खाएपछि धनगढी एफसी नेपाल सुपर लिग एनएसएलको शीर्ष स्थानमा पुग्नबाट चुकेको छ ।

पोखराका मोसे ग्याबाहले इन्जुरी समयमा गोल गरेपछि धनगढी १–१ को बराबरीमा रोकिएको छ । यो बराबरीले पोखरा शीर्ष स्थानमा रहँदै क्वालिफायरमा पुगेको छ ।

बराबरीपछि पोखरा ८ खेलबाट १५ अंक जोडेर लिगमा पहिलो भयो र पहिलो क्वालिफायर खेल्नेछ । बराबरीले धनगढीलाई घाटा भएको छ । ८ खेलबाट १३ अंक जोडेको धनगढी दोस्रोमै छ ।

धनगढीको उपविजेता हुँदै क्वालिफायर खेल्ने संभावना छ । तर उसले वीरगञ्ज र चीतवनबीचको खेलको नतिजामा भर पर्नु पर्छ ।

पहिलो र दोस्रो स्थानको टिमले फाइनल प्रवेशका लागि क्वालिफायर खेल्ने छन् । क्वालिफायरमा पराजित हुने टिमले तेस्रो र चौथो स्थानको टिमबीच हुने खेलको विजेतासँग फाइनल प्रवेशका लागि फेरि खेल्ने मौका पाउने छ ।

ललितपुर सिटी, झापा एफसी, काठमाडौं रेजर्स र वीरगञ्ज युनाइटेड मध्येका २ टिम प्ले अफको दौडमा छन् ।

तस्वीरहरू : विकास श्रेष्ठ/ अनलाइनखबर

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?