+
+

पोखरामा रवि लामिछानेलाई लक्षित गर्दै खोया प्रहार

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ७ गते २०:४२

७ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै पोखरामा मकैको खोया प्रहार भएको छ ।

लमजुङको राइनास गाउँपालिका स्थायी ठेगाना भएका सन्तोष रानाभाटले रविलाई लक्षित गर्दै मकैको खोया प्रहार गरेका हुन् ।

ती व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको कार्यक्रममा सभापति लामिछानेले मन्तव्य राखिरहेका बेला मञ्चमा उनलाई लक्षित गरी खोया प्रहार भएको थियो, तर उनलाई लागेन ।

मन्तव्य राखिरहेकै बेला खोया मगाएर रविले खोया हान्ने व्यक्तिलाई केही नगर्न आफ्ना कार्यकर्ता र सुरक्षाकर्मीलाई आग्रह गरेका थिए । उनले खोया प्रहार आफूलाई चेतावनी भएको बताएका छन् ।

‘आज घोगा पाइस् तैले यदि बाटो बिराइस् भने के मात्र पाउँछस् कल्पना गर भनेर मलाइ चेतावनी दिइएको हो । मैले यसलाई सकारात्मक रुपमा लिएको छु’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?