+
+

बाह्रौं पोखरा महोत्सव पुस २६ गतेदेखि

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ८ गते १८:३१

८ पुस, पोखरा । १२ औं संस्करणको पोखरा महोत्सव पुस २६ देखि माघ ८ गतेसम्म हुने भएको छ । आयोजक युनाइटेड क्लबले आइतबार पत्रकार सम्मेलनमार्फत अमरसिंह मैदानमा महोत्सव हुने जानकारी दिएको हो ।

क्लबले यसअघिको महोत्सवबाट संकलित रकम सेती नदी संरक्षण र चिडियाखाना निर्माणमा खर्च गरेको आयोजक क्लबका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए । उनका अनुसार बाह्रौं पोखरा महोत्सवबाट संकलित रकमबाट लेखनाथको अर्चलेमा छात्राबास निर्माण गरिनेछ ।

‘त्यहाँ गरिब तथा जेहेन्दार विद्यार्थी लक्षित निशुल्क शिक्षा पाउने गरी आवासीय छात्राबास बनाउने योजना बनाएका छौं’, उनले भने ।

क्लबले पोखरामा खुल्ला चिडियाखाना निर्माणको अवधारणा लिई लेखनाथमा निर्माणाधीन पोखरा जुलोजिकल पार्कमा हालसम्म ५८ लाख ८५ हजार रुपैयाँ हस्तान्तरण गरिसकेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

१२ दिनसम्म चल्ने महोत्सवमा २३० देखि २५० स्टल रहने र आइतबारदेखि स्टल बुकिङ खुल्ला गरिएको आयोजकले जानकारी दिएको छ । महोत्सवमा २ देखि २ लाख ५० हजार दर्शकको अनुमान गरिएको छ ।

महोत्सवबाट १ करोड १७ लाख ५० हजार आम्दानी र १ करोड १७ लाख ५० हजार खच भई ३४ लाख २५ हजार बचत हुने अनुमान गरिएको छ ।

महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी, औद्योगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, सूचना प्रविधिहरुको प्रदर्शनी एवं जानकारी, नेपाली संस्कृति झल्कने नृत्य प्रस्तुतिसँगै कृषिका गतिविधिहरु सञ्चालन हुने आयोजकको भनाइ छ ।

महोत्सवमा मन्त्र, लाहुरे, सविन राई एन्ड द फेरोह, भिटेन, मेलिना राई, सुगम पोखरेल, जीबब, माइला, श्री ३, रक हेड्ससँगै लोकल ब्यान्डले रात्रिकालीन प्रस्तुति दिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?