+
+

बाह्रखरी कथा लेखन प्रतियोगितामा मनोजबाबु पन्तको ‘बुढो लाकुरीको रुख’ पहिलो

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ९ गते १३:१३

काठमाडौं । बाह्रखरी मिडियाले वार्षिक रूपमा आयोजना गर्दै आएको कथा प्रतियोगिताको पाँचौं संस्करण ‘डिश होम १२खरी कथा लेखन प्रतियोगिता-२०८०’ विजेताको घोषणा र विजयीलाई पुरस्कृत गरिएको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा पाँचौं संस्करणको कथा प्रतियोगिताको विजेता घोषणासँगै ‘उत्कृष्ट कथा-२०८०’ पनि लोकार्पण गरिएको छ । कथासंग्रहमा नेपालसहित विश्वका विभिन्न मुलुकबाट प्रेषित ८ सय ४३ कथामध्येबाट उत्कृष्ट ठहरिएका २५ कथा समावेश गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले प्रथम, द्वितीय र तृतीय कथाकार क्रमशः मनोजबाबु पन्त, प्रमोद प्याकुरेल र विजय हितानलाई एक लाख, साठी हजार तथा चालीस हजार नगद पुरस्कार प्रमाणपत्र तथा ट्रफी प्रदान गरे ।

पन्तको ‘बुढो लाकुरीको रुख’ प्रथम, प्रमोद प्याकुरेलको कथा ‘काँचुली’ दोस्रो र विजय हितानको कथा ‘चेपाङ, चमेरो र चिउरी’ तेस्रो भएका हुन् । सोही अवसरमा पूर्वप्रधानन्यायाधीश श्रेष्ठले ‘बाह्रखरी उत्कृष्ट कथा २०८०’ कथाकृतिको लोकार्पण गरे ।

यस कथा संग्रहमा २५ उत्कृष्ट कथाका साथै चार वरिष्ठ आख्यानकर्मी भागीरथी श्रेष्ठ, भाउपन्थी, डा. राजेन्द्र विमल र गणेश रसिकका कथा पनि समाविष्ट छन् ।

उत्कृष्ट २५ कथाकारमा अनिता पन्थी, उमा शर्मा, जेएन दाहाल, डिल्लीरमण पौडेल, तैँ तैँ धिताल, त्रिभुवनचन्द्र वाग्ले, दिनमान गुर्मछान, दिव्य गिरी, दीपक लोहनी, प्रमोद प्याकुरेल, मनोजबाबु पन्त, महेश चौलागाईं, रबर्ट जोशी, रमा सुवेदी, रमेशजंग थापा, राजेन्द्र अधिकारी, राजेश सुवेदी, विक्रम नेपाल, विजय हितान, वसन्तबायुङ राई, शंकर धिताल, डा. श्रीधर खनाल, सञ्जय घिमिरे, सोमनाथ दाहाल र हिरा लामा छन् ।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले नेपाली समाजको व्यथा, वेदना र विद्रोह बोल्ने कथा लेखन प्रतियोगिता आफैँमा सेलिब्रेसन गर्न लायक भएको उल्लेख गरे । श्रेष्ठले भने, ‘नेपाली साहित्यको विश्वमा स्थान कहाँ छ भन्ने कुरा आउँछ । यो संग्रहलाई विश्वका विभिन्न भाषामा अनुवाद गरेर नेपाली साहित्यको बजारीकरण गर्न सकिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?