+
+

‘पर्खी बसेँ तिमीलाई’को ट्रेलर : प्रेम, सामीप्य र विछोडको कथा

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ९ गते १६:३९

काठमाडौं । फिल्म ‘पर्खी बसें तिमीलाई’को ट्रेलर सार्वजनिक भएको छ । पुस २७ गते प्रदर्शन तयारीमा रहेको फिल्मबाट रक्षा बुढाथोकी र अनिशा रसाइलीले डेब्यु गर्दैछन् ।

दीपक श्रेष्ठ निर्देशित फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित छ । सार्वजनिक ट्रेलरमा मुख्य पात्रको भेट, सामिप्यता र विछोडको कथा दर्शाइएको छ । यो फिल्मलाई राजाराम बुढाथोकीले निर्माण गरेका हुन् ।

‘यो त्रिकोणात्मक प्रेम कथामा आधारित फिल्म हो । पर्खी बसेँजस्तै यसमा पनि नयाँ कलाकारलाई लिएर काम गरेको छु । उहाँहरूलाई फिल्म उद्योगले स्वागत गर्नेमा विश्वस्त छु’, निर्देशक श्रेष्ठले भने ।

फिल्ममा आकाशले राइड-सेयरिङ चालकको भूमिका निर्वाह गरेका छन् । आभा सम्पन्न परिवारको छोरीको भूमिकामा छिन् । निर्देशक श्रेष्ठले नयाँ भएता पनि काममा भने उनीहरु परिपक्व रहेको बताए ।

‘उनीहरुको कामले यो यात्रामा निरन्तरता दिनेमा विश्वस्त छु । अहिलेको पुस्तामा काम प्रतिको लगनशीलता देखेर म झनै खुसी भएँ’, निर्देशक श्रेष्ठले भने ।

निर्माता बुढाथोकीले बिना सम्झौता फिल्म तयार गरेको जानकारी दिए । उनले भने, ‘यसमा प्रेमसँगै पारिवारिक द्वन्द्वको मिश्रण छ । यो मनोरञ्जनात्मक चलचित्र बनेको छ । सपरिवार हेरेर मनोरञ्जन लिन सक्नु हुनेछ । यसमा अहिलेको पुस्ताको प्रेम कथा देखाईएको छ ।’

यसमा ‘कालो चस्मा लाउ है मैया’ गीतको रिमेक संस्करण समावेश छ । फिल्म ‘बादलपारी’ मा समावेश उक्त गीतको रिमेकमा सुरेन्द्र राणाकै शब्द र शम्भुजीत बासकोटाको संगीत छ । गीतलाई गायक प्रमोद खरेल र गायिका मिलन नेवारले गाएका छन् ।

रोमन फिल्म र तपश्री फिल्म्सको संयुक्त व्यानरमा निर्माण गरिएको फिल्ममा अनिशा रसाइली, शिव श्रेष्ठ, विल्सनविक्रम राई, सुनिता श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् ।

राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सह–निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायांकन, शम्भुजीत बासकोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको सङ्गीत, भुपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन छ । फिल्मको छायांकन नेपालसँगै सिक्किमको रमणीय दृश्यमा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?