+
+

सेयर बजार घट्दा ९ कम्पनीको मूल्य भने १० प्रतिशत बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ११ गते १५:१०

११ पुस, काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा १७ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से २०७० अंकमा कायम भएको छ । दिनभर कुल ५ अर्ब २४ करोड रुपैयाँको कारोबार भयो । आइतबार ७ अर्ब ११ करोडको धितोपत्र कारोबार भएको थियो ।

ब्यापार समूह सबैभन्दा धेरै २.३ प्रतिशत घट्यो । निर्जीवन बीमा र म्युचुअल फण्डबाहेकका सबै समूह घटेका छन् । बैंकिङ १०, विकास बैंक १२, फाइनान्स १३, होटल तथा पर्यटन ८८, जलविद्युत् ०.६, लगानी १, जीवन बीमा १२६, उत्पादन ११०, माइक्रोफाइनान्स ४५, अन्य २० र ब्यापार समूह ६९ अंक घटे । निर्जीवन बीमा भने १३१ अंक अर्थात् १.१ प्रतिशत बढेको छ ।

समग्र सेयर बजार घट्दा पनि ९ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । नेपाल इन्स्योरेन्स, इनिफिनिटी लघुवित्त, मनकामना इन्जिनियरिङ हाइड्रोपावर, चिरख्वा हाइड्रोपावर, नेपाल वेयरहाउजिङ कम्पनी, भिजन लुम्बिनी ऊर्जा, माइखोला हाइड्रोपावर, मुक्तिनाथ कृषि कम्पनी र त्रिशुली जलविद्युत् कम्पनीको मूल्य १० प्रतिशत बढ्यो ।

त्यस्तै ४ कम्पनीको मूल्य १० प्रतिशत नै घटेको छ । बीपीडब्लू लघुवित्त, हिमालयन हाइड्रोपावर र सूर्याज्योति लाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत हाराहारीमा घट्यो । नेपाल रिपब्लिक मिडियाको ७.४ र हिमालयन पावर पार्टनरको मूल्य ५.९ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा सोनापुर सिमेन्ट, शिवम् सिमेन्ट, सूर्याज्योति लाइफ इन्स्योरेन्स, हाथवे इन्भेस्टमेन्ट कम्पनी र नेपाल रिपब्लिक मिडिया क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?