+
+

उच्च अदालत जुम्लाका न्यायाधीश थपलिया न्यायपरिषदमा तानिए

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ११ गते १७:२६

११ पुस, काठमाडौं । उच्च अदालतका न्यायाधीश नवराज थपलिया न्यायपरिषदमा तानिएका छन् । छानबिनको सिलसिलामा उनलाई उच्च अदालत जुम्लाबाट परिषदमा काजमा तानिएको हो ।

‘उहाँलाई केही दिनअघि मात्रै स्पष्टिकरण सोधिएको थियो’ न्यायपरिषदका एक सदस्यले भने, ‘विषयवस्तु गम्भीर भएकाले जवाफ दिनुअघि नै यहाँ झिकाउँ भन्ने कुरा भएपछि काजमा तान्ने निर्णय भएको हो ।’

न्यायाधीश थपलियाका  आचरणको विषयमा केही गम्भीर उजुरी परेपछि न्यायपरिषदले सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको नेतृत्वमा अध्ययन समिति बनाएको थियो । समितिले बुझाएको प्रतिवेदनका आधारमा उनीमाथि स्पष्टिकरण सोधिएको हो । ती सदस्यका अनुसार, स्पष्टिकरण चित्तबुझ्दो नभए ३ सदस्यीय जाँचबुझ समिति गठन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?