+
+

चन्द्रागिरिमा अब घर नक्सा पास अनलाइनबाटै

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १२ गते १३:०५
स्थानीयलाई विद्युतीय हस्ताक्षरसहितको भवन निर्माण सम्पन्न प्रमाण पत्र प्रदान गर्दै मेयर ।

१२ पुस, काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकामा अब घर नक्सा पास सम्बन्धी सम्पूर्ण प्रक्रिया अनलाइनबाट हुने भएको छ ।

बुधबार चन्द्रागिरि नगरपालिकाले पूर्ण विद्युतीय माध्यमबाट घर नक्सा पास प्रणालीको सुरूवात गरेको हो ।

नगर प्रमुख घनश्याम गिरीले पहिलोपटक विद्युतीय हस्ताक्षर सहितको भवन निर्माण सम्पन्न प्रमाण पत्र प्रदान गर्दै उक्त प्रणालीको सुरूवात भएको औपचारिक जानकारी गराए ।

अनलाइन घर नक्सा पास ब्यवस्थापन प्रणाली (ईबीपीएस) अनुसार उक्त सेवा सुरु भएसँगै अब सेवाग्राहीले अनलाइनबाट नै घर नक्सा पासको निवेदन दिन सक्ने र फाइल बोकेर वडा र पालिका धाउनु नपर्ने र छिटो छरितो तथा पारदर्शी सेवा प्राप्त हुने गिरीले बताए ।

‘अब घटना दर्ता लगायत अन्य सेवा पनि अनलाइन प्रणाली मार्फत नै हुन्छ र बिस्तारै नगरपालिकाको सम्पूर्ण सेवा अनलाइन मार्फत प्रदान गर्दैछौं । हामी नगरपालिकालाई पूर्ण रूपमा डिजिटल नगरपालिका बनाउन खोजिरहेका छौं,’ मेयर गिरीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?