+
+
Shares

मेइन राज्यमा पनि ट्रम्प निर्वाचन लड्न अयोग्य घोषित

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १३ गते १२:५२

१३ पुस, काठमाडौं । अमेरिकाको उत्तरपूर्वी राज्य मेइनका शीर्ष निर्वाचन अधिकारीले डोनाल्ड ट्रम्पले २०२४ को राष्ट्रपतिको चुनावमा सहभागी हुन नसक्ने फैसला गरेका छन्।

सन् २०२१ को क्यापिटल हिल दंगामा ट्रम्पले खेलेको भूमिकाले ‘संवैधानिक विद्रोह’ को प्रावधान आकर्षित हुने उल्लेख गर्दै राज्यकी सेक्रेटरी अफ स्टेट शेना ली बेलोजले ट्रम्पले २०२४ को राष्ट्रपतिको चुनावमा भाग लिन नसक्ने फैसला गरेका हुन्।

यो फैसलासँगै ट्रम्प रिपब्लिकन पार्टीको राष्ट्रपति पदका उम्मेदवार बन्न मेइन राज्यमा हुने प्राइमरी निर्वाचनमा सहभागी हुन पाउने छैनन् ।

यसअघि कोलोराडो राज्यले पनि ट्रम्पलाई चुनावमा भाग लिन प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । यद्यपि ट्रम्प यी दुई राज्यको निर्णयलाई चुनौती दिन अदालत जान सक्छन् ।

३४ पृष्ठको निर्णयमा बेलोजले अमेरिकी संविधानको १४औँ संशोधनका कारण ट्रम्पलाई मैइनको मतपत्रबाट हटाउनुपर्ने उल्लेख गरेकी छन् । यो संशोधन अनुसार ‘विद्रोह वा विद्रोहमा संलग्न’ कुनै पनि व्यक्ति पदमा बस्न योग्य हुँदैन ।

‘ट्रम्पले आफ्ना समर्थकहरूलाई उत्तेजित गर्न र उनीहरूलाई क्यापिटल हिलमा दंगा मच्चाउनका लागि चुनावी धाँधलीको गलत भाष्य प्रयोग गरे’, उनले आफ्नो आदेशमा भनेकी छन् ।

बेलोजले आफ्नो राज्यमा चुनावी कानुनलाई कायम राख्नु आफ्नो कर्तव्य भएको प्रतिक्रिया दिएकी छन् । उनले भनेकी छिन्, ‘मलाई आशा छ कि सर्वोच्च अदालतले यस मुद्दालाई राष्ट्रव्यापी रूपमा समाधान गर्नेछ ।’

बीबीसीका अनुसार यो निर्णयमा ट्रम्प अभियानका प्रवक्ता स्टीभन चेउङले आपत्ति जनाएका छन् ।

यसअघि मिशिगन र मिनेसोटा राज्यका अदालतले भने ट्रम्पलाई चुनावमा भाग लिनबाट रोक्ने प्रयास अस्वीकार गरेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?