+
+

सौगात मल्ल र प्रमोद अग्रहरिलाई लिएर एक्सन फिल्म ‘रक्तबीज’ बन्ने

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १३ गते १४:३२

काठमाडौं । सौगात मल्ल र प्रमोद अग्रहरिलाई शीर्ष भूमिकामा लिएर फिल्म ‘रक्तबीज’ निर्माणको घोषणा भएको छ । निर्माता सञ्जय न्यौपानेले शुक्रबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्मबारे जानकारी दिएका छन् ।

फिल्ममा कथा, पटकथा तथा संवाद प्रदीप भारद्वाजको रहनेछ । न्यौपानेले यसअघि ‘प्रेम दिवस’ फिल्म बनाएका थिए । यो फिल्ममा सौगात र प्रमोदसहित विशाल खरेल पनि देखिंदैछन् । खरेलले ‘प्रेम दिवस’बाट अभिनय करिअर थालेका थिए ।

फिल्मको छायांकन २०८१ सालको असोजबाट गरिने निर्माता न्यौपानेले बताए ।

सञ्जय न्यौपाने प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्ममा अमेरिकाको एलए ग्रुप र कमल खतिवडाको पनि लगानी हुनेछ । राम्रो टिम र पटकथा भएकाले फिल्ममा लगानी गर्न तयार रहेको निर्माता न्यौपानेले बताए ।

अभिनेता मल्लले लेखक भारद्वाजले आफूलाई यसअघि नै कथा सुनाएको र मन परेको बताए । अभिनेत्रीसहितका अन्य कलाकार भने चाँडै निधो हुने जनाइएको छ । ‘डार्क एक्सन’ जनरामा फिल्म बन्नेछ । फिल्मलाई सौरभ लामाले खिच्नेछन् । पूर्वी नेपालको इलाम र झापामा फिल्म छायांकन हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?