
काठमाडौं । अमेरिकामा नेपाली सीए र एकाउन्टेन्टलाई उच्च शिक्षाको अवसर पाउने भएका छन् ।
इन्टरफेस एजुकेसन सेन्टर प्रालिले आफ्नो ३०औं वार्षिकोत्सवमा माइल्स एजुकेसन भारतसँग नेपाली सीए र एकाउन्टेन्टलाई अमेरिकामा उच्च शिक्षा दिने सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । सम्झौताअन्तर्गत नेपालका विद्यार्थीलाई मास्टर एकाउन्टिङमा डिग्री दिइने इन्टरफेसले जनाएको छ ।
माइल्स एजुकेसनका प्रतिनिधिका अनुसार यसको प्रमुख आकर्षण भनेको अमेरिकामा रहेका विभिन्न प्रतिष्ठित विश्वविद्यालयमा डिग्री प्राप्त गर्नुका साथै नेपाली विद्यार्थीलाई विनाधितो ऋण उपलब्ध गराउने र अमेरिकाको मास्टर्स डिग्रीपछि तीन वर्षको रोजगार व्यवस्था हो ।
यो कार्यक्रमको मुख्य आकर्षण भारतको प्रख्यात आईआईएम इन्दौर वा जागसोमबाट ३ महिने अनलाइन पढाइ गरेर क्रेडिट ट्रान्सफर गर्ने सुविधा समावेश रहेको विज्ञप्तीमा उल्लेख छ । नेपाल शैक्षिक परामर्श संघका अध्यक्ष शेषराज भट्टराईले कार्यक्रम सफलताको कामना गरेका छन् ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ अध्यक्ष आनन्दराज शर्माले नेपाली चार्टर्ड एकाउन्टेन्टको दक्षता अझ नयाँ क्रमबाट बढ्नुपर्ने बताए ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी युनियनका अध्यक्ष महेन्द्र खड्काले विद्यार्थीका समस्या, रोजगारी अवसर र समस्याबारे प्रकाश पारेका थिए ।
नेपाली विद्यार्थीका लागि इन्टरफेस र माइल्सको सहकार्य कोषेढुंगा सावित हुने इन्टरफेस एजुकेसन सेन्टरका अध्यक्ष डा. कविता शाहले बताइन् ।
इन्टरफेसका संस्थापक तथा नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाका अध्यक्ष सुजनकुमार काफ्लेले पनि विश्वव्यापी सीए एकाउन्टेन्टको दक्षता र उपयोगिताबारे जानकारी दिएका थिए ।
प्रतिक्रिया 4