+
+

नेपाल–चीन व्यापार तथा भुक्तानी सम्झौता परिमार्जन गर्न कार्यदल गठन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १३ गते १६:१३

१३ पुस, काठमाडौं । सरकारले नेपाल चीन व्यापार तथा भुक्तानी सम्झौता १९८१ लाई पुनरावलोकन तथा परिमार्जन गर्न संयुक्त प्राविधिक कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सह-सचिवको नेतृत्वमा उक्त सम्झौता पुनर्वालोकन तथा परिमार्जन का लागि कार्यद गठन गर्ने निर्णय गरेको हो ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा संयुक्त प्राविधिक कार्यदल गठन गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?