+
+

मुख्यमन्त्रीको शुभकामनामा प्रदेशको नाम नै गायब !

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १५ गते १३:५७

१५ पुस, विराटनगर । तमु ल्होसारको अवसरमा दिएको शुभकामना सन्देशमा प्रदेशको नाम नै छुटेपछि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की आलोचित भएका छन् ।

आइतबार गुरुङ समुदायले तमु ल्होसार मनाउँदैछन् । कोशीका मुख्यमन्त्री कार्कीले पनि शुभकामना सन्देश जारी गरे । सन्देशको दायाँ भागमा ‘बिराटनगर नेपाल’ मात्र लेखिएको शुभकामना सन्देश सञ्चार माध्यमहरुलाई पठाइएको थियो । कार्कीको आफ्नै सामाजिक सञ्जालमा पनि पोष्ट भयो ।

तर प्रदेशको नाम नदेखेपछि प्रश्न उठ्यो । सामाजिक सन्जाल प्रयोगकर्ताले ‘कुन प्रदेशको मुख्यमन्त्री ?’ भन्दै प्रश्न गरे । पहिचान पक्षधरले भने प्रदेशको नाम नलेखी शुभकामना सन्देश जारी गरेको भन्दै खुसी व्यक्त गरे ।

लगतै अर्को शुभकामना सन्देश जारी भयो, जसमा प्रदशको नाम पनि समावेश भयो ।

स्रोतका अनुसार मुख्यमन्त्री कार्की काठमाडौंमा छन् । सचिवालयले तयार पारेको शुभकामना सन्देश कार्कीलाई पनि पठाइएको थियो । त्यसलगतै सार्वजनिक भयो । तर आलोचना भएपछि उनलाई जानकारी गराएर फेरि सच्याइएको हो ।

मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार लिलाबल्लभ घिमिरे प्राविधिक त्रुटि भएको बताउँछन् । ‘पहिले नेपाली कागजमा शुभकामना जारी गर्दा नाम छुट्यो, पछि सच्याएका छौं,’ उनले भने, ‘प्राविधिक त्रुटि भयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?