
१५ पुस, काठमाडौं । कोभिड-१९ महामारीको बेला नेपाल फर्किएका ६४ जना नेपाली श्रमिकलाई मलेसियाका दुई कम्पनीले तबल लिन बोलाएका छन् ।
मलेसियको भेन्चर अन्तर्गतका दुई फरक कम्पनी इनटिटिस् टेक्नोकम सिस्टम एसडीएन बीएचडी (entities Technocom system sdn Bhd) ले कोभिड संक्रमणका बेला नेपाल फर्केर पुनः काममा जान नपाएका नेपाली श्रमिकहरुलाई तलब लिन बोलाएका हुन् ।
वैदेशिक रोजगार विभागले सूचना जारी गर्दै उक्त कम्पनीबाट तबल लिन बाँकी रहेका श्रमिकहरुलाई राहदानी नम्बर, सम्पर्क नम्बर, हालको ठेगाना र बैंकको खाता नम्बर सहित सम्पर्कमा आउन आग्रह गरेको हो ।
२०१४ देखि कार्यरत नेपाली श्रमिकहरु कोभिडका बेला नेपाल फर्किएका थिए । त्यसपछि कम्पनीमा फर्किन नसकेपछि उनीहरुले तबल पाएका थिएनन् । कम्पनीले मलेसियास्थित नेपाली राजदूतावास श्रमिकलाई सम्पर्क ल्याइदिनका लागि आग्रह गरेको थियो ।
प्रतिक्रिया 4