+
+

राष्ट्रिय भारोत्तोलन पुस २४ देखि

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १५ गते १९:३१

१५ पुस, काठमाडौं । नेपाल भारोत्तोलन संघको आयोजनामा २६ औं पुरुष तथा ११ औं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता पुस २४ गतेदेखि हुने भएको छ ।

पुरुष-महिलातर्फ सिनियर, जुनियर र युथमा समान १०–१० स्वर्णका लागि प्रतिस्पर्धा हुने आयोजक भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) ले आइतबार मध्यपुर थिमीस्थित थिमी बैंक्युटमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

करिब २ सय ५० खेलाडीको सहभागिता रहने छ । सहभागी सबैको खाना र बसोवासको व्यवस्था संघले नै गर्ने छ । प्रतियोगिता अन्तर्राष्ट्रिय भारोत्तोलन महासंघ, एसियाली भारोत्तोलन महासंघ र नेपाल भारोत्तोलन संघको नियम अनुसार खेलाइने छ ।

प्रतियोगिता सञ्चालन गर्न करिब ८६ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । तीनदिने प्रतियोगिताका खेलहरु मध्यपुर थिमीस्थित थिमी बैंक्युटमा खेलाइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?