+

फिफा क्लब विश्वकपमा चेल्सीको जित

२०८२ असार  ३ गते ७:३८ २०८२ असार ३ गते ७:३८
फिफा क्लब विश्वकपमा चेल्सीको जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा क्लब विश्वकपमा चेल्सीले लस एन्जलस फुटबल क्लबलाई २-० ले पराजित गर्‍यो।
  • ब्राजिलियन क्लब बोका जुनियर्स र जर्मन क्लब बेनफिकाले २-२ को बराबरी खेले।
  • खेलमा पेड्रो नेटो र एन्जो फर्नान्डेजले गोल गरे।

३ असार, काठमाडौं । फिफा क्लब विश्वकपमा इंग्लिस क्लब चेल्सीले जित हासिल गरेको छ । समूह डी अन्तर्गतको खेलमा चेल्सीले अमेरिकाको लस एन्जलस फुटबल क्लबलाई २-० ले हराएको हो ।

खेलको ३४औं मिनेटमा पेड्रो नेटोले पहिलो गोल गर्दै चेल्सीलाई अग्रता दिलाए भने ७९औं मिनेटमा एन्जो फर्नान्डेजले दोस्रो गोल गर्दै जित सुनिश्चित गरे ।

गएराति नै भएको समूह सी को खेलमा ब्राजिलियन क्लब बोका जुनियर्स र जर्मन क्लब बेनफिकाले २-२ को बराबरी खेले ।

खेलको २१औं मिनेटमा मिगुएल मरेन्तिएलले बोका जुनियर्सका लागि पहिलो गोल गर्दै अग्रता दिलाए । त्यसपछि २७औं मिनेटमा रोड्रिगो बाटाग्लियाले दोस्रो गोल थपे ।

पहिलो हाफको अन्त्यतिर ४५औं मिनेटमा एन्जेल डि मारियाले पेनाल्टीमार्फत बेनफिकाका लागि पहिलो गोल फर्काए । ८३औं मिनेटमा निकोलस ओटामेन्दीले हेडमार्फत गोल गर्दै टोलीको हार टारे ।

फिफा क्लब विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय