+
+

‘अगस्त्य : च्याप्टर १’ फागुन १८ मा रिलिज हुने

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १६ गते १६:३२

काठमाडौं । सौगात मल्लका दुई ‘क्यारेक्टर पोस्टर’ सार्वजनिक गर्दै फिल्म ‘अगस्त्य’को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माताले फागुन १८ लाई प्रदर्शन मितिको रुपमा तय गरेका हुन् ।

उक्त दिनमा यो फिल्म नेपालसहित विश्वभर प्रदर्शन गर्ने निर्माताको तयारी छ । सौरभ चौधरी निर्देशित फिल्मको पोस्टरमा मल्ललाई ‘सौर्य’ नामक पात्रको रुपमा चिनाइएको छ ।

एउटा पोस्टरमा उनी एक्सन अवतारमा प्रस्तुत छन् भने अर्कोमा रेलवेमा हिंडिरहेको कुनै सडकछाप पात्रको रुपमा । यो फिल्मको सुटिङ भारतको गोरखपुर र नेपालका विभिन्न थलोमा गरिएको छ ।

यो पात्रका लागि सौगातले २० किलो तौल बढाएका थिए । पछि फेरि १० किलो तौल घटाए । उनको शारीरिक ट्रान्सफर्मेसनको चर्चा मिडियामा भइसकेको छ । सौगातको मेहनत पोस्टरमा स्पष्ट देखिन्छ । फिल्म बदलाको कथावस्तुमा आधारित छ । उनी एक क्रेजी लभरको भूमिकामा प्रस्तुत भएका छन् । फिल्ममा मलिका महत, नाजिर हुसेन, प्रमोद अग्रहरि, विजय बराल र रविन्द्र झाको पनि अभिनय छ ।

डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुतिमा फिल्म बनेको हो । फिल्ममा प्रकाश मल्ल, अनिष तामाङ र विनोद पौडेलको लगानी छ । फिल्मका कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन् । फिल्मलाई नेपालभर डीसीएनले वितरण गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?