+
+

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सुनचाँदी व्यवसायी महासंघको ५ लाख ५५ हजार सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १६ गते १५:१०

१६ पुस, काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेको छ ।

महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सहयोग बापत पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

महासंघले आफ्नो सामाजिक उत्तरदायित्व अभियानअन्तर्गत सो सहयोग रकम उपलब्ध गराएको अध्यक्ष शाक्यले बताए ।

त्यसक्रममा प्रधानमन्त्री प्रचण्डले महासंघले भूकम्प पिडितको सहयोगार्थ आर्थिक सहयोग उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गर्दै अप्ठ्यारोमा सहयोग गर्नु सबैको कर्तव्य भएको बताए ।

उनले सुनचाँदी व्यवसायीका तर्फबाट सुनचाँदी कारोबारलाई व्यवस्थित गर्न ऐनको आवश्यकता औंल्याइएकोमा आफ्नो ध्यानाकर्षण भएको बताए । उनले यससम्बन्धी ऐन निर्माणका लागि सरकारले आवश्यक सहयोग गर्ने आश्वासन दिए ।

प्रधानमन्त्री प्रचण्डसँगको भेटका क्रममा महासंघका तर्फबाट अध्यक्ष शाक्यले सुनचाँदी व्यवसायमा देखिएका विभिन्न समस्याको जानकारी गराउँदै ती समस्या निराकरणका लागि सुनचाँदी कारोबार सम्बन्धी ऐनको आवश्यकता औंल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?