+
+

रिलायन्स स्पिनिङलाई बुक बिल्डिङबाट आईपीओ ल्याउन अनुमति

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २० गते १४:१७

२० पुस, काठमाडौं । सर्वोत्तम सिमेन्टपछि रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ पद्दतीबाट प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्डले बिहीबार कम्पनीलाई बुक बिल्डिङ बिधिबाट आईपीओ जारी गर्न अनुमति दिएको हो । कम्पनीले योग्य संस्थागत लगानीकर्ताका लागि पहिले सेयर जारी गर्नेछ । योग्य संस्थागत लगानीकर्ताका लागि कम्पनीको सेयरमा मूल्य रेञ्ज न्यूनतम ६०८ रुपैयाँदेखि अधिकतम ९१२ रुपैयाँसम्म तोकिएको छ ।

यो मूल्य रेञ्जमा रहेर अब योग्य संस्थागत लगानीकर्ताबाट आवेदन माग हुनेछ । संस्थागत लगानीकर्ताले आवेदन दिइसकेपछि कटअफ प्राइस निर्धारण हुनेछ । सोही कटअफ प्राइसको १० प्रतिशत न्यून मूल्यमा पछि सर्वसाधारणलाई जारी हुनेछ ।

कम्पनीले संस्थागत लगानीकर्तालाई जम्मा ७ लाख ७० हजार ६४० कित्ता सेयर जारी गर्नेछ । यस कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । सुनसरी जिल्लामा यस कम्पनीले धागो उद्योग सञ्चालन गरिरहेको छ । कम्पनीबाट उत्पादित धागो विदेश निर्यात हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?