+
+

छोरीलाई उत्तराधिकारी बनाउन खोजिरहेका छन् किम जोन उन

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २० गते २०:०४

२० पुस, काठमाडौं ।  उत्तर कोरियाली शासक किम जो उनले आफ्नी छोरीलाई उत्तराधिकारी बनाउँदै मुलुकको नेतृत्व गर्नका निम्ति उनलाई तयार गराइरहेको समाचार अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले सार्वजनिक गरेका छन् ।

क्षेप्यास्त्र परीक्षणका साथै सैन्य परेड समारोहमा उनलाई महत्व दिँदै सरिक गराइनुले किमले आफ्नी कान्छी छोरी किम जो ऐलाई उत्तराधिकारी रुपमा तयार गरिरहेको आकलन छ ।

दक्षिण कोरियाली जासुसी संयन्त्रले पहिलोपटक किमले छोरीलाई उत्तराधिकारीका रुपमा तयार गरिरहेको सुचना ल्याएको हो । दक्षिण कोरियाली राष्ट्रिय जासुसी संयन्त्रको भनाइ उद्दृत गर्दै बीबीसीले लेखेको छ, ‘सार्वजनिक समारोहमा कान्छी छोरीलाई दिइने महत्व र उनलाई त्यहाँ गरिने सम्मानका साथै अन्य सार्वजनिक घटनाक्रममका वृहत विश्लेषणबाट किमको उत्तराधिकारी उनको कान्छी छोरी हुने निष्कर्षमा पुगिएको हो । यद्यपी हामी अन्य संभाव्यतामाथि पनि गहिरो विमर्श गरिरहेका छौँ । छोरीको स्वास्थ्यवस्था केलाईरहेका छौं ।’

दक्षिण कोरियाली मन्त्री किम योङ होले पनि यस्तै प्रक्षेपण गरेका थिए । ‘किम जोन उनले आफ्नी छोरीलाई दिएको महत्वले उनले छोरीलाई उत्तराधिकारी बनाउन चाहेको प्रस्ट हुन्छ,’ बीबीसीमा उल्लेख छ ।

गत डिसेम्बरमा उत्तर कोरियाले होसङ १८ व्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गर्दा किमल जो उनले छोरीसँगै लगेका थिए । यस्तै गत नोभेम्बरमा जासुसी भू- उपग्रह मलिग्योङ-वान परीक्षण गर्दा पनि छोरी साथमै थिइन् । उत्तर कोरियामा महिलाले शासन गरेको इतिहास छैन । मुलुकमा व्याप्त पितृसतात्मक सोचलाई किमले चुनौती दिन खोजेको रुपमा पनि यसरलाई लिइएको छ ।

सन् २०२२ देखिनै किमकी कान्छी छोरीलाई उच्च अधिकारीका रुपमा सार्वजनिक समारोहमा प्रस्तुत गरिँदै आएको थियो । हाल किम जो उनकी छोरी १० वर्षको मात्रै छिन् । सन् २०२३ फेब्रुअरीमा उनलाई राज्यका मिडियाले किम जोन उनकी प्यारी छोरी भन्दै सम्बोधन गरेका थिए । त्यसको केही सातापछि उनलाई सम्मानित छोरीको उपमा दिइयो । यो विशेषण अति सम्मानितका लागि आरक्षित हो । जब किम जो उन भविष्यका नेताका रुपमा व्याख्या गरिएको थियो त्यस बेला पनि उनलाई सम्मानित कमरेडका रुपमा सम्बोधन गरिएको थियो ।

उत्तर कोरियाको स्थापना देखिनै यसलाई किमको तेस्रो पुस्ताले नेतृत्व गर्दै आएको छ । त्यहाँ नागरिकहरुलाई किम पवित्र वंश रहेकाले मुलुकको नेतृत्वको अधिकार यस वंशलाई मात्रै रहेको बताइएको छ । किम जोन उनले अब नेतृत्व चौथो पुस्तामा हस्तान्तरण गर्ने तयारी गरेका हुन् ।

३९ वर्षका किमले आखिर बालखै रहेकी छोरीलाई किन उत्तराधिकारीका रुपमा अघि सारिरहेका छन् त ? यो प्रश्नको जवाफ त्यहाँको संस्कृतिले दिन्छ । किम जोन उनका पिताले उनलाई आठ वर्षको उमेरमा उत्तराधिकारीका रुपमा प्रस्तुत गरेका थिए । पिताले सैन्य अधिकारीभित्र मात्रै यो कुरा सिमित राखेका थिए ।

पिताको मृत्यु हुनु एक वर्षअघि मात्रै उनी पिताको उत्तराधिकारी रहेको कुरा सार्वजनिक भएको थियो । जसले किम जोन उनलाई दरिलो रुपमा शासन गर्ने वातावरण तय गर्‍यो ।  यता, किम जोन उनले भने सार्वजनिक रुपमै छोरीलाई उत्तराधिकारी बनाउने छनक दिइसके ।

किम जोन उनले छोरीले कार्यभार सम्हाल्नुअघिनै उनलाई मानसिक रुपमा तयार बनाइरहेका छन् । यसले छोरीले कार्यभार सम्हाल्दासम्म उनको  उपस्थितिलाई थप बलियो बनाउने अपेक्षा किम जोन उनको छ ।

– बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?