+
+

सरकार र प्रमुख दलले राम्रो काम गरेनन् : रामवरण यादव

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २१ गते १५:४४

२१ पुस, काठमाडौं । नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले अहिलेको सरकार र प्रमुख पार्टीहरुले राम्रो काम नगरे पनि कोर्स करेक्सन हुने आशा गर्नुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा ‘बिपी वाद’ नामक पुस्तकको लोकार्पण गर्दै प्रथम राष्ट्रपति यादवले प्रजातान्त्रिक संविधान बनेको र मुलुकमा लोकतान्त्रिक संविधान रहेकाले आशावादी हुनुपर्ने धारणा राखेका हुन् ।

‘निश्चय नै अहिलेको सरकारले, अहिलेको नेपाली कांग्रेस वा अरु पार्टीहरुले राम्रो गरेनन् । राम्रो गर्नुपर्ने त्यो कुरा सही हो, गर्न सकिरहेका छैनन् । तर हामी एउटा बाटोमा छौं । प्रजातान्त्रिक संविधान छ, जो संविधानले नेपाली जनताको यो देशको अस्तित्व बचाएर अगाडिको बाटो देखाएको छ’ उनले भने ।

देशमा शिक्षा, स्वास्थ्य, कृषिको अवस्था दयनीय रहेको र धेरै मानिस विदेश गइरहेको भन्दै यादवले भने, ‘…कोर्स करेक्सन हुन्छ भन्ने आशा गरौं । हामीले पछि फर्किएर हेर्ने समय छैन । हामी बहुतै गम्भीर भएर नेपालको अस्तित्व जोगाउनुपर्छ । आजको देशको अर्थतन्त्र कसरी मजबुत हुन्छ, त्यसमा लागौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?