+
+

अन्नपूर्ण केबलकारले ३१ लाख कित्ता प्राथमिक सेयर निष्कासन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २२ गते ९:०९

२२ पुस, काठमाडौं । अन्नपूर्ण केबलकार कम्पनीले स्थानीय र सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्नका लागि अनुमति माग गरेको छ । कम्पनीले अंकित मूल्य १ सयका दरले कुल ३१ लाख कित्ता अर्थात ३१ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्न हालै नेपाल धितोपत्र बोर्डमा अनुमति माग गर्दै निवेदन दिएको छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । पोखरामा कम्पनीले केबलकार सेवा सञ्चालन गरिरहेको छ । सो केबलकार सेवाबाट लिइने शुल्क नै कम्पनीको मुख्य आम्दानीको स्रोत हो ।

हाल उस्तै प्रकृतिका दुई कम्पनी नेपाल स्टक एक्स्चेन्जमा सूचीकृत छन् । काठमाडौंमा चन्द्रागिरि केबलकार सञ्चालन गर्दै आएको चन्द्रागिरि हिल्स र दोलखामा कालिन्चोक केबलकार सञ्चालन गर्दै आएको कालिन्चोक दर्शन कम्पनी नेपाल स्टक एक्स्चेन्जमा सूचीकृत छन् । चन्द्रागिरिको सेयर मूल्य बिहीबार बजार बन्द हुँदा प्रतिकित्ता ९५६ रुपैयाँ तथा कालिन्चोक दर्शनको ८६४ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?