 
																			२२ पुस, काठमाडौं । मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समिति, नेपालले जनकपुरमा ६ बुँदेमागसहित प्रदर्शन गरेको छ । जनकपुरधामको तिरहुतिया गाछीबाट निस्केको मिटरब्याज पीडितहरुको जुलुस नगरको विभिन्न भागमा प्रदर्शन गरेको छ ।
प्रदर्शन गर्दै मधेश भवन पुगेर उनीहरु मुख्यमन्त्री सरोजकुमार यादव र प्रदेश प्रमुख हरिशंकर मिश्रमार्फत प्रधानमन्त्रीलाई ६ बुँदे मागसहित ज्ञापनपत्र बुझाएको संघर्ष समितिका केन्द्रीय सचिवालय सदस्य आदित्य रामले जानकारी दिए ।
जाली तमसुक खारेज गर्नुपर्ने, मिटरब्याजी पास गराएका जग्गा फिर्ता गर्नुपर्ने, अदालतमा मिटरब्याज पीडितमाथि लगाइएको मुद्दा फिर्ता गर्नुपर्ने, फैसला भएको मुद्दाको कार्यान्वयन स्थगित गर्नुपर्ने, मिटरब्याजी साहु महाजनबाट भएका हिंसा तथा दुव्र्यबहारका घटनाको छानबिन गरी क्षतिपुर्ति तथा कारबाही, शक्तिशाली कानुन निर्माण, पुर्ण अधिकार सहितको आयोग गठन गर्नुपर्ने लगायतको ६ सुत्रिय संघर्ष समितिको माग छ ।

केन्द्रीय प्रवक्ता निर्ग नविनका अनुसार संघर्ष समितिका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहाको नेतृत्वमा प्रदर्शन र मुख्यमन्त्री कार्यालयमा ज्ञापन पत्र बुझाइएको हो । धनुषा, महोत्तरीसहित प्रदेशका ८ जिल्ला र झापा, मोरंग, सुनसरी, रुपन्देही, कपिलबस्तु, नवलपरासी, काठमाडौंसहित १६ वटा जिल्लाबाट झण्डै ७ हजारको संख्यामा मिटरब्याज पीडितहरु जुलुसमा सहभागी भएका थिए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4