
फाइल तस्वीर
२४ पुस, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले रसियन फौजमा भर्ना भएका ११५ जनाका परिवारले उद्धारका लागि आवेदन दिएको बताएका छन् ।
मंगलबार कञ्चनपुरमा आयोजित एक कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री साउदले परराष्ट्र मन्त्रालयको कन्सुलर विभागमा रसिया पुगेर त्यहाँको फौँजमा भर्ना भएकाहरूका परिवारले आवेदन दिएको बताएका हुन् ।
‘हालसम्म ११५ जनाको उद्धारको लागि उहाँहरूको परिवारबाट कन्सुलर विभागमा आवेदन आइपुगेको छ’ उनले भने, ‘रसिया सरकारले १० जनाको मृत्यु भएको जनाएको छ । हामीले फौँजमा भर्ना भएकालाई फिर्ता गर्न, दिवंगतको शव र उहाँका परिवारलाई सौहुलियत उपलक्ध गराउन भनेका छौँ ।’
उनले सरकारको रुसमा कुनै कामका लागि वा सेनामा पठाउने नीति नरहेको स्पष्ट पारे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4