+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

आईएमडीबीले सार्वजनिक गर्‍यो सन् २०२४ का प्रतीक्षित २० भारतीय फिल्मको सूची

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २५ गते १६:०२

काठमाडौं । आईएमडीबीले सन् २०२४ का प्रतीक्षित २० भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ । जसको शीर्षस्थानमा ऋतिक रोशन र दीपिका पादुकोण स्टारर फिल्म ‘फाइटर’ छ ।

वेबसाइटमा बढी खोजिएका फिल्मको ट्रेन्डअनुसार आईएमडीबीको भारतीय संस्करणले यो सूची सार्वजनिक गरेको हो । आईएमडीबी फिल्मको तथ्यांक संकलन गर्ने विश्वकै ठूलो डेटाबेस प्लाटफर्म हो ।

सूचीको दोस्रो स्थानमा ‘पुष्पा : द रुल पार्ट २’, तेस्रोमा वेलकम टु द जंगल, चौथोमा सिंगम अगेन, पाँचौंमा ‘कल्की : २९९८ एडी’, छैटौंमा ‘बाघिरा’, सातौंमा ‘हनुमान’, आठौंमा ‘बडे मियाँ छोटो मियाँ’, नवौंमा ‘कानगुभा’ र दशौंमा ‘देभारा : पार्ट वान’ छन् ।

सूचीको ११ औं स्थानमा ‘छावा’, १२ मा ‘गुन्तुर कारम’, १३ मा ‘मलाइकोताइ भलिवान’, १४ मा ‘मेरी क्रिसमस’, १५ मा ‘क्याप्टेन मिलर’, १६ औंमा ‘थंगालान’, १७ मा ‘इण्डियन २’, १८ मा ‘योद्धा’, १९ मा ‘मैं अटल हुँ’ र २० मा ‘जिग्रा’ छन् ।

यो सूचीमा ९ वटा हिन्दी र ५ तेलुगू भाषाका फिल्म समावेश छन् । चारवटा तमिल, मलयामल र कन्नड भाषाका एक-एक फिल्म छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?