+
+

नक्कली लाइसेन्स प्रकरणबारे अख्तियारले थाल्यो छानबिन

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २५ गते १८:४७

२५ पुस, काठमाडौं । करिब एक लाखभन्दा बढी नक्कली लाइसेन्स बाँडिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । अख्तियारबाट खटिएको टोलीले बुधबार यातायात व्यवस्था विभागमा पुगेर अनुसन्धान सुरु गरेको हो ।

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले अख्तियारको टोली अध्ययनको सिलसिलामा विभागमा आएको बताए । ‘हामीले दिएको रिपोर्टमाथि थप छलफल गर्न अनि लाइसेन्स दिने प्रक्रियाबारे बुझ्न टोली आएको हो’, उनले भने, ‘फिल्डका अफिसमा काम हुने र हामीसँग डाटाबेस मात्रै रहने भएकाले कागजात लैजाने कुरा भएन । तर थप अध्ययनका लागि उहाँहरु फेरि आउने कुरा गर्नुभएको छ ।’

अख्तियारका एक सहसचिवले पनि अनुसन्धान सुरु भएको पुष्टि गरे । उनका अनुसार, मन्त्रालयलाई छानबिन गर्नु भनी पत्र लेखेदेखि नै अनुसन्धान सुरु भएको हो । उनले भने, ‘पछिल्लो समय सबैतिर यसवारे समाचार आउन थालेपछि प्रमाण नष्ट नहोस् भन्नेमा हाम्रो चासो रहेको हो ।’ अख्तियारका प्रवक्ता नरहरि घिमिरेले आफू बिदामा भएकाले यसवारे जानकारी नभएको प्रतिक्रिया दिए ।

अख्तियारको टोलीले लाइसेन्स वितरण प्रक्रियाको सफट्वेयर र त्यसको डाटाबेसको वारेमा विस्तृत विवरण बुझेको हो । सफ्वेयरमा पहुच हुनेहरुको पहिचान, उनीहरुको भूमिका र उनीहरुमाथि निगमन गर्नेको कामकारवाहीवारे टोलीले जानकारी लिएको हो ।

‘उहाँहरुले केही कागजात कपी गरेर लिनुभयो, सबैतिर कार्यालय चलेकाले भएजतिको डाटाबेस लिएर जाने सम्भावना थिएन’, यातायात व्यवस्था विभागका एक कर्मचारीले भने, ‘आउने शुक्रबार र शनिवार दुई दिन सार्वजनिक विदा भएकाले त्यसदिन सघन अध्ययन गर्ने र आवश्यक परे अनुसन्धानका क्रममा डाटाबेस नै लैजाने कुरा भएको छ ।’

यातायात व्यवस्था विभागले लाइसेन्स वितरणमामा भएको अनियमितताबारे गरेको अध्ययन प्रतिवेदन मन्त्रालयमा पठाइसकेको छ । त्यो प्रतिवेदन पाएको अख्तियारले थप अध्ययन गर्न मन्त्रालयलाई समेत निर्देशन दिइसकेको छ । मन्त्रालयको टोलीले पनि अन्तिम प्रतिवेदनको तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?