+
+

प्रधानमन्त्री कपका लागि मधेशको टिम घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २६ गते १४:०५
हरिशंकर साह ।

२६ पुस, काठमाडौं । मधेश प्रदेशले हरिशंकर साहको कप्तानीमा प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि टिम घोषणा गरेको छ ।

टिमको उपकप्तानको रुपमा पवन शराफ छन् । राष्ट्रिय सिनियर टिमको अनुभव भएका कप्तान र उपकप्तान रहेको टिममा विकेट किपर अनिल कुमार साह छन् ।

उमेर समुहबाट यू–१९ टिमको बन्द प्रशिक्षणमा अटाएका राजेश यादव र यू–१६ टिमका कप्तान अभिषेक तिवारी पनि टिममा छन् ।

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता पुस २८ गतेबाट सुरु हुनेछ । राउन्ड रोविन प्रणालीमा हुने यस प्रतियोगिता त्रिवि क्रिकेट मैदान, मूलपानी मैदान र भैरहवामा हुनेछ ।

मधेशको प्रधानमन्त्री कप खेल्ने टिम :

हरिशंकर शाह (कप्तान), निरज यादव, मयन यादव, अनिलकुमार साह (विकेट किपर), पवन शराफ (पकप्तान), अभिषेक तिवारी, अरनिको यादव, राहुल मण्डल, विशाल पटेल, रञ्जित कुमार, रुपेश सिंह, संसद अन्सारी, प्रदीप पासवान र राजेश यादव

वैकलिपक खेलाडी : डब्लु मलिक, भुलवन सहनी, पार्थिव यादव र शाहिल पटेल
प्रशिक्षक : सुनिल साह
व्यवस्थापक : सुवास जैसवाल,
प्रविधिक विश्लेषक : नवनित जैसवाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?