+
+

आजदेखि एसियन कप : कतार आयोजक, जापान बलियो प्रत्यासी

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २७ गते १०:२४

२७ पुस, दोहा । एसियन कप आज शुक्रबारदेखि सुरु हुँदैछ । कतार यसको आयोजक रहेको छ र यो नै प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन पनि हो । जापान भने उपाधिका लागि सबैभन्दा बलियो प्रत्यासी हो ।

अनि सन ह्वेङ–मिनको दक्षिण कोरिया ६४ वर्षयता पहिलो पटक एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता जित्ने उद्देश्यमा हुनेछ । कुल २४ टिमको सहभागिता रहेको प्रतियोगितामा अस्ट्रेलियादेखि प्यालेस्टाइनसम्मले आफ्नो चुनौती पेस गर्नेछ ।

प्रतियोगिता चार साता चल्नेछ र ८८ हजार दर्शक क्षमताको लुसिल स्टेडियममा फेब्रवरी १० मा फाइनल हुनेछ । यो खेलले फेरि एकपल्ट विश्वकपको त्यो फाइनललाई सम्झाउने छ, जुन १३ महिना अगाडि त्यहीं भएको थियो । त्यसमा लियोनल मेसीको अर्जेन्टिनाले पेनाल्टी सुटआउटमा फ्रान्सलाई हराएको थियो । प्रतियोगिताको १८ औं संस्करण खासमा चीनमा हुनु पर्ने थियो, त्यो पनि एक वर्ष अगाडि नै । तर चीनको कोभिड–१९ नियमका कारण यो कतार सरेको थियो ।

विश्वकपमा जति पनि रंगशाला प्रयोगमा आए, ती सबै यसपल्ट पनि खेल हुनेछ । खालि स्टेडियम ९७४ लाई अपवाद छाडे । यसलाई अहिले सिपिङ कन्टेनर राख्न प्रयो गरिएको छ । विश्वकप ताका कतारले कमजोर मानवअधिकार र आप्रवासी कामदारप्रतिको दयनीय व्यवहारका कारण चर्को आलोचना सहनु परेको थियो । अधिकारवादी समूहका दाबी मान्ने हो भने यो स्थितिमा केही पनि परिवर्तन भएको छैन । तर कम्तीमा एसियनका बेला अहिले यो नै प्रमुख मुद्दा भने बनेको छैन ।

जापानलाई बदला लिने अवसर

कतारले त्यस विश्वकप आयोजनाका क्रममा सबैको प्रशंसा बुटले पनि उसको टिम आफै भने मैदानमा असफल रह्यो । लिग चरणका तीन खेलमा लगातार पराजित रह्यो र प्रतियोगिताबाट बाहिरियो । आयोजक देशका रूपमा यो अहिलेसम्मकै सबैभन्दा खराव प्रदर्शन हो । त्यही पीडा उसका लागि आफूले यसअघि जितेको उपाधिको रक्षा गर्नका लागि प्रेरित गर्नेछ । तर यो काम आफैंमा सजिलो हुने छैन, किनभने कतारले भर्खरै मात्र आफ्ना प्रशिक्षक कार्लोस क्वरेजलाई वर्खास्त गरेको छ ।

उनको स्थानमा टिनटिन मारक्वेज आएका छन् र उनका सामु टिम निर्माण गर्ने पर्याप्त समय नै छैन । आजको पहिलो उद्घाटन खेल लुसिल स्टेडियममै हुनेछ र त्यसमा कतारले लेवनानको सामना गर्नेछ । सहभागी टिमलाई छ समूहमा विभाजन गरिएको छ । लिग चरणको समाप्तीमा प्रत्येक समूहको शीर्ष दुईमा रहने टिम अन्तिम १६ मा पुग्नेछ । यस्तै प्रत्येक समूहको तेस्रो स्थानमा रहने टिममध्ये उत्कृष्ट चारले पनि नकआउट चरण खेल्नेछ ।

सन् २०१९ को फाइनलमा जापान कतारको हातबाट स्तब्ध भएको थियो, ३–१ ले । यूएईमा भएको त्यस प्रतियोगिताको त्यो हारको बदला लिने अवसर हुनेछ, जापानसामु, त्यो पनि कतारी भूमिमै । फेरि जापान एसियन कपको सबैभन्दा सफल टिम हो, उसले चार पल्ट यसको उपाधि जितेको छ । जापानको कतारी भूमिमा राम्रो खेलेको अनुभव पनि छ । उसले विश्वकपको समूह चरणमा जर्मनी र स्पेनलाई हराएको थियो । अन्तिम १६ को खेलमा जापान क्रोएसियासँग पेनाल्टीमा हारेको थियो ।

क्लिन्समन र मानचिनीमा सबैको नजर

दक्षिण कोरिया, इरान, अस्ट्रेलिया र साउदी अरेबिया पनि उपाधि जित्नका लागि सक्षम टिम हुन् र संयोगले यी सबै टिमले सन् २०२२ को विश्वकप खेलेको थियो । अनि यी सबै एसियन कपका पूर्वविजेता पनि हुन् । दक्षिण कोरियासँग सनका रूपमा एसियाकै सबैभन्दा उत्कृष्ट खेलाडी छ । उनी इंग्लिस प्रिमियर लिग क्लब टोटनहमका कप्तान पनि हुन् । त्यति मात्र होइन, कोरियाली टिमका प्रशिक्षक पनि उत्तिकै नाम चलेका जर्मन लेजेन्ड रहेका छन् र उनी हुन्, योर्गन क्लिन्समन ।

उनको प्रतियोगितालाई लिएर एक सूत्रीय नीति छ, सन् १९६० यता पहिलो पटक एसियन कप जित्ने । यो भन्दा कम्तीको उपलब्धि आफ्नो टिमका लागि असफलता सावित हुने दाबी पनि गर्छन्, उनी । साउदी अरेबियाली टिमका प्रशिक्षक पनि उत्तिकै लेजेन्ड छन् र उनी हुन्, रोबर्टो मानचिनी । र, अहिले विश्व राजनीति जसरी अगाडि बढिरहेको छ, त्यो अर्थमा सबैको ध्यान प्यालेस्टाइन टिममा पनि हुनेछ, जुन टिमका अधिकांस खेलाडीले पछिल्लो समय आफ्नो कोही न कोही नातेदार गुमाएकै छन् ।

–एजेन्सीको सहयोगमा

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?