+
+

चितवनमा छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु

रासस रासस
२०८० पुष २७ गते १४:१७

२७ पुस, चितवन । चितवनमा छुट्टाछुट्टै ठाउँमा भएका सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार राति पूर्वी चितवनमा भएको दुर्घटनामा परी स्कुटर चालकको मृत्यु भएको छ ।

कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार खैरहनी नगरपालिका-२ चैनपुरचोकस्थित पूर्वपश्चिम राजमार्गमा टाँडीबाट पर्सातर्फ जाँदै गरेको बा प्र ०३–००१ च १७२७ नम्बरको जिपले विपरीत दिशाबाट आउँदै गरेको प्र ०३–०२–००६ प ९०६८ नम्बरको स्कुटरलाई  ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते स्कुटर चालक एक पुरुषको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । मृतकको सनाखत हुन सकेको छैन । जिपका चालक फरार भएका छन् ।

यस्तै भरतपुर महानगरपालिका–७ टाइगरचोकमा कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा माडी नगरपालिका–६ रामराज्यपुरका ३५ वर्षीय कुलप्रसाद सापकोटा रहेका छन् । टाइगरचोकबाट बुद्धचोकतर्फ आउँदै गरेको बा प्र ०३–००३ प १७७६ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको  बिएबी २८७५ नम्बरको कारले बिहीबार राति ठक्कर दिएको हो ।

घाइते सापकोटाको उपचारका क्रममा राति नै चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । कार चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?