+
+
WC Series
पोखरा एभेन्जर्स 2025
22/1 (3.6)
VS
९६ बलमा १४४ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिताको सातौं संस्करण हुने

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २९ गते १६:४९

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आयोजनामा रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता-२०८० हुने भएको छ ।

प्रतिष्ठानले आइतबार विज्ञप्ति जारी गर्दै धादिङको बेनीघाट–रोराङ गाउँपालिका-७ स्थित चरौंदीमा फागुन ४ गतेदेखि ७ गतेसम्म प्रतियोगिता आयोजना हुन लागेको जनाएको छ ।

पहिलो हुनेलाई ३ लाख, द्वितीयलाई २ लाख, तृतीयलाई १ लाख र सान्त्वना हुनेलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने जनाइएको छ । गायक, गायिका, भेषभूषा, नवगायक र नवगायिका विधामा उत्कृष्ट हुनेलाई पनि पुरस्कृत गरिने उल्लेख छ ।

इच्छुकले माघ २५ गतेसम्म आवेदन दिन सक्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?