+
+

‘टाइटानिक’ अभिनेत्री केट किन बाथरुममा राख्छिन् ओस्कारको ट्रफी ?

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २९ गते १७:१०

काठमाडौं । ओस्कार अवार्डको बारेमा लगभग सबैलाई थाहा छ । यो विश्वको प्रतिष्ठित फिल्म पुरस्कारमध्ये एक हो । हलिउड होस् वा बलिउड, हरेक उद्योगका स्टार पक्कै पनि यो ट्रफी प्राप्त गर्न चाहन्छन् ।

तर के तपाईंलाई थाहा छ, ‘टाइटानिक’ फेम्ड अभिनेत्री केट विन्सलेटले ओस्कार ट्रफी आफ्नो बाथरूममा राख्छिन् । यसो गर्नु पछाडिको कारण भने निकै रोचक छ ।

केट विन्सलेटले यस्तो खुलासा गरेकी छिन्, जसलाई सुनेर सबै छक्क परे । उनले आफ्नो ओस्कार ट्रफी बाथरूममा राखेको बताइन् । उनले बाथरुममा किन राखेको भन्नेबारेमा पनि प्रष्टीकरण दिएकी छन् ।

विन्सलेटले भनिन्, ‘किनकि हरेक पटक कोही बाथरुम प्रयोग गर्न जाँदा उसले वास्तवमा ओस्कारसँग ऐनामा समय बिताउन सक्छ । तपाईं सधैं भन्न सक्नुहुन्छ, किनभने तिनीहरुले फ्लस गर्छन् र त्यहाँ अर्को पाँच मिनेट समय बिताउँछन् ।’ उनको स्पष्ट जवाफ छ , ‘किनभने पाहुना ओस्कारसँग खेलिरहेका हुन्छन् ।’

उनले अगाडि भनिन्, ‘यसो गर्नुको आइडिया के हो भने सबैका लागि त्यो महसुस गराउनु हो ।’

सन् १९९५ मा रिलिज भएको फिल्म ‘सेन्स एण्ड सेन्सिबिलिटी’का लागि केटले ओस्कार अवार्ड पाएकी थिइन् । यो उनको करिअरको पहिलो र एक मात्र ओस्कार अवार्ड हो ।

केटको आगामी प्रोजेक्टको बारेमा कुरा गर्दा उनी ‘द रेजिम’ नामक मिनी–शृंखलामा आवद्ध छिन्, जसमा उनले कार्यकारी निर्माताको रूपमा पनि काम गर्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?