+
+

जापानको भूकम्प प्रभावित क्षेत्रका बासिन्दालाई एनआरएनएले खुवायो नेपाली खाना

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २९ गते १९:५३

२९ पुस, टोकियो । गैरआवासीय नेपाली संघ(एनआरएनए) राष्ट्रिय समन्वय परिषद् जापानले जापानमा भूकम्प प्रभावित क्षेत्रका मानिसलाई खाना खुवाउनुका साथै शौचालय प्रदान गरेको छ ।

एनआरएनए जापानले स्थानीय सरकारको अनुमतिमा गत पुस १६ गते जापानको इसिगावा प्रिफेक्चरको नोदो प्रायद्वीपलाई केन्द्र बनाएर गएको भूकम्प प्रभावित क्षेत्रका नागरिकलाई नेपाली खाना खुवाएको हो ।

इसिगावा प्रिफेक्चरको बाजीमा र सुजुसीकामा भूकम्प प्रभावितका लागि बनाइएका शिविरमध्ये दुईवटा शिविरमा रहेका ७२५ जना जापानी नागरिकलाई खाना खुवाउनुका साथै चार वटा अस्थायी शौचालय प्रदान गरिएको एनआरएनए जापानका अध्यक्ष नवीन निउरेले जानकारी दिए ।

भूकम्पको अति प्रभावित क्षेत्रमध्ये शुक्रबार वाजीमा सी मिइ कम्युनिटी सेन्टरमा रहेको शिविरमा रहेका ३०० जना र नजिकको शिविरमा रहेका १०० गरी ४०० जनालाई खाना खुवाइएको थियो ।

त्यस्तै, सुजुसी इदा माध्यामिक विद्यालयको शिविरमा रहेका २२५ जना र त्यहीँ नजिकको शिविरमा रहेका १०० जना गरी ३२५ जनालाई खाना खुवाइएको एनआरएन जापानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?