
१ माघ, काठमाडौं । स्वास्थ्य बीमा बोर्डमा सोमबार (१ माघ)देखि सहभुक्तानी नीति लागु भएको छ । स्वास्थ्य बीमा बोर्डले सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई पत्र लेख्दै यस्तो जानकारी गराएको हो ।
बोर्डका अनुसार २७ पुसको निर्णय अनुसार सोमबारदेखि स्वास्थ्य बीमामा सहभुक्तानी प्रणाली लागु गर्ने गरी मिति तय भएको बोर्डका उपसचिव बाबुराम खनालले जानकारी दिए । यस प्रणाली अन्तर्गत अब बीमितले खर्चको १० प्रतिशत बेहोर्नु पर्छ ।
१ माघदेखि सहभुक्तानी प्रणाली लागु गरी बीमा व्यवस्थापन सूचना प्रणाली (आईएमआईएस)मा समेत सोही अनुसार मिलाइएको बोर्डले जनाएको छ । यससँग सम्बन्धित कार्यविधि तयार गरी बोर्डले कार्यान्वयनमा ल्याएको हो ।
हेर्नुहोस् सूचनाः
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4